पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मा बिहीबार बस र तरकारी बोकेको भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १८ जना घाइते छन् । मृतकमध्ये कानेपोखरी गाउँपालिका–३ का टिकाराम थापाकोमात्र सनाखत भएको छ । उनको उपचारकाक्रममा विराटनगर नोबेल मेडिकल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १८ मध्ये ८ जनाको अवस्था गम्भीर छ । कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४८४२ नम्बरको यात्रीवहाक बस र विपरीत दिशाबाट आएको मे१त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment