
उनका अनुसार मोरङ बिराटनगर घर भएका शिक्षक कानोडियाले मोबाईल खोसेको र परिवारसँग पनि सम्पर्क हुन नदिई बन्धक बनाएको पाइएको छ । बालिका हराएपछि परिवारले प्रहरीमा खबर गरेका थिए। खोजतलासका क्रममा कास्की प्रहरीले उनलाई मंगलबार पोखरामा फेला पारेको हो । उदयपुर चौदण्डी नगरपालिका ७ बस्दै आएका २८ वर्षीय शिक्षकले यतिबेला पोखरा भ्रमण गरेपछि परीक्षामा पनि सहज हुने र शैक्षिक भ्रमणमा पनि जानु नपर्ने भन्दै लगेका थिए । बालिकालाई बुधबार परिवारको जिम्मा लगाइएको र बलात्कार गर्ने शिक्षकलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
0 comments :
Post a Comment