
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको दाबी गर्नुभएको छ ।
राष्ट्रिय युवा परिषदले आइतबार ललितपुरमा आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको उल्लेख गर्नुभयो । अहिले आफ्नो लागि भन्दा देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा रहेको भन्दै उहाले नेपालको विकास गर्न समस्या नरहेको उहाले बताउनभयो ।
प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकुल समय भएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले नमुना युवा सांसदले युवाहरुमा देश कसरी सञ्चालन गर्ने, विकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने बताउनुभयो । सरकारले बोलाएरै युवाहरुलाई राजनीति गर्न सिकाइरहेको भन्दै प्रधानमन्त्री ओलीले सिकाइलाई समाज सुधारका साथ जोड्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

0 comments :
Post a Comment