![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi0GQUgxznGIIV_XiMBIkLX6xLWhWhCf4KJgF6awCoVp1Qe47wkE7cvBg5WeUuAhOICzHt953V74hNOqmsE71l1c5tPJvQ0mK1D_wzJkcAx8ma-dxOq3xHv7BSXyYko17lfmjP7qf_Zigj4/s320/4.jpg)
कार्तिक–२
पासाङ ल्हामू गाउँपालिका५ कोङ्देमा भिरबाट लडेर एक जना विदेशी नागरिकको ज्यान गएकोे छ । पोल्याण्डबाट नेपाल भ्रमणमा आएका २६ वर्षीया पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार बाटो हिँड्ने क्रममा भिरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नाम्चेबाट गएको प्रहरी टोलीले शव लुक्ला ल्याएको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।
0 comments :
Post a Comment