फाल्गुन १, २०७६–रामधुनी ।
रामधुनी नगरपालिका वडा नं ९ लाई बालमैत्री वडा घोषणाका लागि बाल र्याली कार्यक्रम सम्पन्न गरिएको छ । रामधुनी नगरपालिका वडा नं ९ र वडा बाल सञ्जालको संयुक्त सहकार्यमा निकालिएको र्याली डुम्म्राको चौतारीमा कोणसभागरि सम्पन्न गरिएको थियो । मिलटोल पोखरी देखि निकालिएको र्याली सितपुर, छप्कि, भलुवाइ हुदै डुम्म्रा चौतारिमा पुगेर समापन गरिएको हो ।
आगामि फागुन १४ गते घोषणा हुन लागेको बालमैत्री वडाले बालबालिकाको हित तथा अधिकारको बिषयमा निरन्तर रुपमा काम गर्ने रामधुनी वडा न. ९ का बालमैत्री सम्कर्क व्यक्ति बिजय चौधरीले बताउनु भयो । वडाले यस अघि पनि बालबालिको क्षेत्रमा काम गर्दै आएको बताउदै उनीहरुको नेतृत्व र व्यक्तित्व बिकासमा अझ बढी टेवा पुग्ने उहाँको भनाई थियो । बालमैत्री घोषणा गर्न ३९ वटा सुचक छन जसमा एउटा सुचक थप गरि ४० वटा सुचकमा काम गरिएको पनि चौधरीले बताउनु भयो ।
0 comments :
Post a Comment