बैशाख ०८, इटहरी
दिगो बिकास सप्ताह काठमाडौंले करियर काउन्सेलिङ सम्बन्धी वेबबिनार सञ्चालन गरेको छ । उक्त अनलाइन सेसनमा देशभरिका विभिन्न स्थानबाट ४० भन्दा बढी सहभागी सामेल भएका थिए उक्त वेबबिनार सेसनको वक्ताको रुपमा एजुकेसनल संन्जालका मार्केटिङ एकजुकेटिभ राजन कोइराला र सफा लुगा कम्पनिका सि.इ.ओ प्रनभ काफ्ले रहनु भएको थियो ।
उक्त वेबबिनारमा विशेष गरि करिअर लाई कसरी अगाडी बडाउने, करिअरको सुरुवातमा आइपर्ने समस्या ,उल्झन र तिनिहरुलाई समाधान गरि कसरी सहि तरिकामा अगाडि बडने आफुले भबिस्य मा के गर्ने भन्ने कुरा कसरी थाहा पाउने ,आफ्नो रुचि र लक्ष्यलाई कसरी सङै अगाडि बढाएर सफल हुने , आफ्नो लक्ष्य प्राप्त गर्न कुन कुन कुरा मा ध्यान दिएर अगाडि बडन सकिन्छ भन्ने कुराहरू छलफल गरिएको थियो उक्त वेबबिनार मा कोभिड १९ पछीको चुनौती र अवसर को समेत छलफल गरिएको थियो ।
उक्त वेबबिनारको सम्योजकत्व दिगो सम्ताह काठमाडौँका सस्थापक आशिस लामिछानेले गर्नु भएको थियो।
0 comments :
Post a Comment