चैत्र–३०,
नेपालमा थप तीनजना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो । आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा देवकोटाले पर्सामा भेटिएका कोरोना संक्रमितले संसर्गमा गरेका व्यक्ति तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको बताउनुभयो । कोरोना पुष्टि भएकाहरु ३७, ५५ र ४४ वर्षका पुरुष रहेको पनि उल्लेख गरेको छ । यी तीनैजना भारतीय नागरिक हुन् । उनीहरुले आफूहरु चार महिनाअघि नेपाल प्रवेश गरेको दावी गरेका छन् भने स्थानीयले १० दिन पहिले मस्जिदमा आएको बताएका छन् ।
अहिलेसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ भने एकदिनमा नै ७ सय ९५ जना जनाको परीक्षण गरिएको छ । त्यस्तै विभिन्न जिल्लामा अहिलेसम्म र्यापिड किटबाट ३ हजार ३ सय २१ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
अहिलेसम्म काठमाडौं उपत्यकाभित्र १५ जना र उपत्यकाबाहिर ७० जना गरेर ८५ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै देशभर ७ हजार ९ सय ७३ जना मानिस क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार १५ हजार ७० जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा परेका छन् ।।
0 comments :
Post a Comment