सुमन अधिकारी

म सोच्ने गर्थे
दुई चुल्ठोको बिचमा सिन्दुर भरेको दिन
नाडि भरी चुरा छिन छिन बजाउदै,
त्यो जन्म घरबाट बिदा हुदै
पराइको घरलाई आफ्नै मानी गएको दिन
साच्चै म रानी हुन्थे
अनि म मेरो आखा र मनमा सजाएको
मेरो राजासित जान पाउथे ।

शिरदेखी पाउसम्म
गहनाले ढक्कमक्क ढाकिएर
फरिया चोलि
हातमा मेन्दि
शिर मास्तिर घुम्टो चिटिक्क पारेर ।

यस्तै यस्तै सपना
उर्लदो बैसाले
ढाकिएका नयनमा
देख्ने गर्थे म ।

मलाई त बाबा ममिले गर्नुभएको
जिन्दगी भरको मायाभन्दा पनि
यहि दुई चार दिनमा
उसैले गरेको माया धेरै लाग्न थालि सकेको थियो
अनि मैले अहिलेसम्म सुनेका बुझेका सारा
कुरा झुठो र
केवल हाम्रो माया प्रेम साचो देख्न
थालेको थिए
मेरा यी वैसालु आखाले ।

तर अह मैले ख्याल गरिन
यी दुई हत्केलामा
जसरी त्यो दिन रङ्गीविरङ्गी चुरा सजिएका थिए
त्यसैगरी एकाअर्काको गलामा माला साटासाट गरि
दुई मनले जोडिएको
प्याराप्यारा नातालाई  मैले  सजाउनु पर्छ भन्ने कुरो।

छोरी भान्जी नन्द जस्ता
प्यारा नातामा
सानो कुरामा चित्त नबुज्दा
रिसाउने मान्छे म
सासु माइजू भाउजू जस्ता
कर्तव्यका नातामा
ठुलो कुराले मन दुखाउदा
चित्त बुजाउनु पर्छ भन्ने कुरो।

हेक्का भएन
गलामा सजिएका पहिरनले
मलाई त्यो एकदिन वजनदार बनाएसरी
जिवनमा एकदिन रानी झै सुन्दर
बनाइदिने त्यो विवाहले
मलाई कर्तव्यका गर्हुङगा गर्हुङगा भार
जिन्दगी भरलाइ थमाइदिनेछ भन्ने कुरो ।

म त केवल उम्किन चहान्थे,।
ती कहिल्यै नमेटिने दुख कष्ट र संघर्षबाट
अनि
चहान्थे चखेवाको जोडी जस्तै
वैसालु उमेरमा भेटिएको,
जोडी ढुकुर झै माया प्रेम गासिएको
उहाँसङ्गै लम्किन सुखै सुखको लोक बाट
मेरा सपनाका गन्तव्यतिर ।
तर अजानमा मैले कोपिलाबाट मलजल गरि
हुर्काएका सपनाहरूलाइ
मैले छिनभरमै उखालेर फालिदिएछु ।

हामी सन्तानकै
नाना खाना अनि
मिठा मिठा सपना लागि
पुरा गर्न
हाम्रो ममि डेडि क्षितिज वारिपारी
दुई मुटु एक ज्यान भइ
बाच्नु भएको कुरा मैले भुलेछु ।


हो, मैले सानैमा विहे गरेर ठुला ठुला मेरा
सपनाहरू लाई छिनमै ध्योस्त पारिदिएछु ।

विवाहको केही महिना पछि
सन्तान जन्माउने रहर भयो
त्यहीँ खाचो पूरा गर्न
गर्वमा एउटा नासो बस्यो
डक्टर साहेब भन्नुहुन्थ्यो
ूकलिलो बच्चाले अर्को बच्चा जन्माउन खोज्दा
आमा र बच्चा दुवैलाई जोखिम छ भनिू
डर लाग्थो कतै म
आफ्नो कोखमा हुर्की रहेको मेरो गुडियालाइ
मेरो काखमा खेलाउन पाउदिन भनेर
यो भनेको दुई महिना बिता नबित्दै
त्यही एक नसोपनी दैवले खोसिदियो
मेरो त्यो दुई जिउको एक जुउ
कहिलै नफर्किने बाटो जादा खेरी
आँखा रसाइ मात्र रह्यो
म र म भित्रको उसको २र३ महिने यात्रालाई सम्झदा खेरी ।

समाजले त मलाई दोष दियो अरु
२ बच्चा कोखबाट जन्मनै नपाई खस्दाखेरि
म चै दोष कसलाई दिउ
भाग्य फुटि जादा खेरि
दोष दिउ कि म आफ्नो कर्मलाइ
या दिउ त्यो चन्चले वैसालाइ
या त दिउ दोष म छोरिको कुरा मन्ने आमाबा लाई
या त दिउ दोष म जेल नै हाल्छ्न भनी सबै बाट
लुकिछिपी गरेको बिहेलाइ
या दिउ दोष अब डाक्टरको कुरा नखाइ
निरन्तर बच्चा जन्माउन गरेको त्यो प्रयासलाई

त्यसपछि घरमा अर्को विहे गर्ने कुरा
हुँदै थियो
कलकलाउदो जवानिको आडमा आएर
लिएको मैले निर्णय अनि
मेरो खुशीको निम्ति र कर्तव्य पूरा गर्ने आशमा
मेरा अभिभावकले लिएको निर्णयले
भर्खरै विहे गर्ने
पुग नपुग उमेरले
एउटा सौता पाउने हालमा
हालमा ल्यैदिन्छ भनेर  मलाई थाहा थिएन

त्यो रात म रातैभरी रुदै बसे
तर
मेरो पति पनि मेरो साथमा नभएको बेला,
जन्मघरमा झै
आँसु पुछिदिन
बुबा आमा बनी कोहि आएनन्
दुखमा साथ
दिन दिदीभाइ बनी कोहि आएनन्
मनको व्यथा सुनी दिएर
मन हलुँगो पारिदिन
साथीसङ्गी बनी कोहि आएनन् ।
तब यस्तो लाग्यो कि
जन्मघर छोडी पराइ घर जानू भनेको त
साच्चै नै सबैको मनबाट नै पर पुग्नु हो जस्तो ।
त्यसपछि मनमा विभिन्न कुरा खेलाउदै
रुदारुदै आखाको डिलमा आँसु नटुटी
त्यो रात त्यतिकै बितेर छर्लङ्ग  उज्यालो भएछ।

हिजोको कुरा नबिर्सेर होला
सधैं सबैको अनुहार उज्यालो मात्रै देख्ने
यी आखाले
आज सबै अध्यारो अध्यारो मात्रै देखिरह्यो
यतिकैमा दिन ढलेर फेरि रात पार्यो
सबै पशुपन्क्षी गुड फर्के सरि
मेरो श्रीमान पनि
शहरबाट गुड फर्किनु भयो त्यो दिन
ममीडेडी भन्नुहुन्थ्यो
अर्को बुहारी चाहिन्छ भनी
यहि बेला उहाँहरुलाइ
मैले हाम्रो माया प्रेम सम्झाए
सानैमा माइतबाट सबैलाई छोडी आएको क्षण सम्झाए
उमेर हाम्रो कटि नसकेको कुरा सम्झाए
अन्तिम पटक मौका मागे फेरि सबैलाइ
अनि मैले मनाउन सफल भए ।

सबैलाई मनाएको एक वर्ष पुग्दा नपुग्दै
म मेरो जिवनमा देवी बनेर आइदिने छोरीको
आमा बने।

यस्तै यस्तै दुख कष्ट र संघर्षसंग
जुददा  मैले
मेरो बाल सखिले
आआफ्नो सपना चुमेछ्न मजैले ।

खतरै खतराको बवजुद भयो
मेरो त विवाह अनि सन्तान पनि
उत्तर के दिउ मेरी छोरीलाई
मामु किन पढाई छोडनु भएको त
भनेर सोधी भने ।

1 comments :

  1. really heart touching poem while girls are does under age marrige definitely it happens.

    ReplyDelete

 
Top