गणेश भारती ,कपिलवस्तु -चम्किलो सुर्य, सिरसिर चलेको बतास खेतै भरी धानको हरियाली तर पनि मेरो मन न कतै चम्किलो थियो न कतै हरियाली नै, थियो त केबल औसिको रात जस्तो अध्यारो अनि वर्षौं देखि पानीको लागि छट्पटीएको जमिन जस्तो । म मन मनै मरिसकेको थिए जहाँ मार्दै थिए मेरा हजारौं रहरहरुलाई अनि खोज्दै थिए एउटा विकल्प जसले मेरो सारा जिवनलाई नै परिवर्तन गर्ने थियो । म टोलाइरहेको थिए अनि मेरो चारै तिर थिए मेरा आफन्त भन्नेहरु जसले मलाई केही भन्दै थिए तर मेरो कान सम्म आइरहेको थिएन ती भनाइहरु, म अडिग थिए मेरो अन्तरआत्मा देखि निस्किएको भनाइमा म कतै डगमगाएको थिएन नियाल्दै थिए मेरि आमाको हरेक क्रियाकलापलाई अनि बनाउदै थिए अझ बलियो मेरो मनलाई मलाई नखाएको बिषको मिठासबारे प्रश्न गरिदै थियो । म जवाफ दिदै थिए हरेक पटक एउटै (नाइ, हुन्न, गर्दिन) मेरो उत्तर सुनेर पटक पटक भाचिएको थियो मेरा शुभचिन्तकहरुको मन ।
समय बित्दै थियो, लामो सास फेरे अनि झ्यालबाट बाहिर हेरे अध्यारो नै अध्यारो थियो लाग्यो मनलाई जस्तै पिडा भएछ बाहिरी वातावरणलाई पनि मन थाम्नै सकिन वरर...आसु झर्यो । तर पनि म मेरो मनलाई सम्हाल्दै आफ्नो भनाइमा अडिग थिए । अन्तिममा मलाई नखाएको बिष लाग्यो ।
एक पटक फेरि आमाको आखामा हेरे तर कतै पश्चचाप देखिन म मनमनै मरिसकेको थिए । मेरो भौतिक शरीरलाई गाडीमा राखियो र त्यहाँबाट गाडी अघि बढ्यो । म सबैबाट टाढिदै गए म हेरिरहेको थिए बिस्तारै बिस्तारै त्यो अध्यारो रातमा सबै हराउदै थिए, म लास जस्तै गाडीमा बसि रहे मात्र मन मनै एउटै प्रश्न गर्दै "किन बुझेनन् मानव रुपि दानवले मेरो मनलाई ?" ।
0 comments :
Post a Comment