उनले नर बहादुर को घरमा कोहि पनि अध्ययन नगरेको र उनिहरुको घरमा बालबालिकाहरु घरमै खेलेर मात्र बस्ने गरेको थाहा पाए पछि परिवार सग ४ पटक को भलाकुसारी पश्चात् उनिहरुलाई स्कुल ड्रेस, कापी, डट्पेन,पेन्सिल र झोला प्रदान गरि श्री अन्नपूर्ण आ बि को कक्षा १ मा भर्ना गरिएको थियो। उनीहरु हाल नियमित बिद्यालय गई राखेको छन अहिले ३ जना नै कक्षा ४ मा पुगेका छन् । टेक ब कक्षा प्रथम , सुमन तेस्रो र ध्यान ब पाँचौ भएको र उनिहरु नियमित बिद्यालय गैईरहेका हुदा अन्य विद्यार्थीको तुलना मा अध्ययनमा पनि राम्रो मेहनत गर्ने बिधालयको प्र अ अप्सरा दाहालले बताउनु भयो। उनिहरुको बुबा नर बहादुर पनि आफ्ना छोराहरु पढ्न पाएको मा खुशी भएको बताउनु भयो। त्यस्तै यसै वडा मझौ तोलको डेक बहादुर राईको छोरा सजब राई र प्रजन राईलाई पनि शैक्षिक सामाग्री प्रदान गरि २०७४ सालमा बिद्यालय भर्ना गरिएको बिरेन्द्र बताउँछन् । त्यस्तै रौतामाई गाउँपालिका वडा न ३ कै आम्बोटे टोलका प्रेम बहादुर राईका ४ छोरा छोरी पनि बिद्यालय बाहिर रहेको मा नेपाल सरकार को बिद्यालय भर्ना अभियान अन्तर्गत २०७४ सालमा श्री जनता मा बि लाफागाउँमा भर्ना गरिएको थियो । उनको घर मै भर्ना अभियान अन्तर्गत घर दैलो कार्यक्रम मा प्र अ नरेन्द्र कुमार शिङ, वडा सदस्य बर्तहिरा राई जाल्पा एकीकृत बिकास समाज उदयपुरको कर्मचारी वीर बहादुर मगर र बिरेन्द्रको उपस्थिती मा परिवार सग लामो प्रयास पछि उनिहरुलाई नि स्कुल ड्रेस, कापी, डट्पेन, झोला उपलब्ध गराई बिधालय भर्ना गरिएको थियो ।
शिक्षाको ज्योती दिलाउने अभियानमा सफल बिरेन्द्र खड्का
असोज–०१, उदयपुर -उदयपुर रौतामाई गाउँ पालिका वडा न ३ लाफागाउका २४बर्ष का युवा अभियन्ता बिरेन्द्र खड्का शिक्षाको ज्योती दिलाउने अभियान मा सफल भएका छन। बिगत ६ बर्ष देखि बालबालिकाहरुको क्षेत्रमा काम गरेका बिरेन्द्रले बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्ने अभियान मा छन । उनले रौतामाई गाउँ पालिका वडा न ३ लाफागाउका नर बहादुर भुजेलका ३ छोराहरू सुमन भुजेल ध्यान ब भुजेल र टेक बहदुर भुजेललाई २०७३ सालमा बिद्यालय भर्ना गरेर यो अभियान शुरु गरेका थिए।
उनका ४ छोराछोरी मध्ये ठुली केशर माया राई कक्षा ४ मा भर्ना गरिएको मा अहिले कक्षा ६ मा कक्षा प्रथम छिन त्यस्तै छोरा बिजय राई र छोरी रेवरी राई कक्षा १ मा भर्ना गरिएको मा उनिहरु ३ कक्षा मा छन त्यस्तै कान्छी छोरी बालकक्षा मा भर्ना गरिएको मा अहिले २ कक्षा मा अध्ययन गरिरहेका छन । यसै वडाको लाफागाउ टोलकी लक्ष्मी बि क कि छोरी सुबिता बि क पनि ५ कक्षा पढेर छाडेको मा बिरेन्द्र खड्काकै पहलमा पुन स् बिधालय आउन थालेकी छिन । उनको यो अभियान बाट १० जना बिपन्न बालबालिकाहरुले आफ्नो अन्धकार जीवनमा शिक्षा को उज्यालो ज्योति देख्न पाएका छन । यो अभियान मा वडा कार्यलय अन्य गैरसरकारी संघ सस्था र बिधालय ले पनि साथ दिएका बिरेन्द्र बताउछ्न । बालबालिकाहरुले आफ्नो सानो मेहनतले शिक्षाको ज्योती पाएको मा उनी एकदमै खुशी रहेको बताउँछन् ।
Congratulation and best wishes !
ReplyDelete