पछिल्लो समयमा युवाहरुमा नै कुलतमा तथा दुर्व्यसनमा बढी संलग्न भएको तर्फ मध्यनजर गर्दै यस विषम परिस्थितिमा यस्ता लतबाट टाढा राख्न तथा एक असल खेलाडी उत्पादन गर्नका लागी फुटबल प्रशिक्षण गराईएको नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुवर दनुवार बताउछन् । दैनिक २ घन्टा प्रशिक्षण गराउदै आएका उनिहरुले प्रशिक्षण गराउन थालेको पनि ४ महिना पूरा भएको बताउछन् ।
सानै उमेर देखि नै खेलाडी बन्ने सपना बोकेका तर पनि प्रशिक्षणको अभावमा घरमै बसेकालाई प्रोत्साहन गरि खेल क्षेत्रमा अगाडि बढाउन मद्दत गर्नका लागि पनि प्रशिक्षण गराईरहेको दनुवार बताउछन् ।
त्यसैगरी प्रशिक्षणको लागि आउने बालबालिकाहरु भन्छन्," सानै उमेर देखि फुटबल खेलाडी बन्ने सपना छ, फुटबलमा राम्रो ठाउँ छ, भविष्यमा देशका लागि खेल्ने सपना बोकि फुटबल सिकिरहेका छौ ।"
दनुवरको यस कदमलाई स्थानीय बूढो बाघ फुटबल क्लब साथै देश बिदेश बाट पनि विभिन्न खेल सामाग्री सहयोग हुँदै आएको छ । खेल सामाग्री, प्रशिक्षण गर्नका लागि प्रशिक्षक र खेलाडीहरु रहे पनि खेल मैदान न हुदा समस्या हुने गरेको तर, स्थानीय सरकारले सरकारी जग्गालाई खेल मैदानको लागि उपलब्ध गराई दिए आफ्नो समस्या समाधान हुने दनुवार बताउछन् ।
यसरी प्रशिक्षण गराईरहेको दनुवार टिमलाई स्थानिय सरकारले मनोबल, हौसला प्रदान गरि समस्या समाधानको पहल गरिदिने हो भने रास्ट्रिय खेलाडी त उत्पादन गर्न सकिन्छ, साथ साथै खेल क्षेत्रबाट इटहरीलाई पहिचान पनि गराउन सकिन्छ ।
0 comments :
Post a Comment