१ भदाै, हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-९, स्थित धापमा माेटरसाइकलकाे ठक्करबाट ५ वर्षीय बालककाे मृत्यु भएकाे छ ।

बागमती प्रदेश ०३-००५ प २४३ नम्बरकाे माेटरसाइकलले शनिबार दिउँसो २:५० बजे ठक्कर दिँदा धापका ५ वर्षका शिवांश अर्यालकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । ठक्करबाट गम्भीर घाइते शिवांशलाई उचारका लागि हेटाैंडा अस्पताल ल्याएपछि चिकित्सकले मृत घाेषणा गरेका थिए ।

ठक्कर दिने माेटरसाइकल चालक १८ वर्ष भन्दा कम उमेरको रहेको प्रहरीले जनाएको छ । हाल प्रहरी हिरासतमा रहेका उनको नाम प्रहरीले खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितका अनुसार मयुरधापबाट हेटाैंडा बजारतर्फ आउँदै गरेकाे माेटरसाइकलले सडक छेउमा हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो ।

(सभार : अनलाईन खबर)

0 comments :

Post a Comment

 
Top