तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा एक हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । डेङ्गुको प्रकोप बढ्न थालेपछि तनहुँ जोखिममा छ ।

हालसम्ममा एक हजार ८२ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार सो सङ्ख्यामा डेङ्गी पुष्टि भएको कँडेलले बताउनुभयो । 

कँडेलका अनुसार सङ्क्रमितमध्ये अधिकांश आँबुखैरेनी गाउँपालिकामा छन् । व्यास नगरपालिकामा डेङ्गीको सङ्क्रमणबाट एकको मृत्यु भएको छ । व्यास नगरपालिका –७ का ५० वर्षीय पुरुषको एक साताअघि मृत्यु भएको थियो । हालसम्म जिल्लाका ६ स्थानीय तहमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । 

व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । हालसम्म भानु नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैन । 

0 comments :

Post a Comment

 
Top