भदौ–२ । नेपाल स्काउट, कोशी प्रदेश स्काउट, सुन्दरहरैँचा तथा बेलबारी स्थानीय स्काउट समितिको संयुक्त आयोजनामा सुन्दरहरैँचा १० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा एक दिने स्काउट मास्टर कार्यशाला सम्पन्न भएको छ । 

कार्यशालामा प्रदेश १ का विभिन्न १८ वटा पालिकाका ५० जना स्काउट मास्टरहरुको सहभागीता रहेको थियो । कार्यक्रमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यसमिति सदस्य श्री नवल प्रसाद उपाध्याय प्रमुख अतिथी रहनुभएको थियो भने, कोशी प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, कोशी प्रदेश स्काउट कार्यलयका अधिकृत नवराज घिमिरेको उपस्थिीति रहेको थियो ।

कार्यक्रममा बोल्दै सिद्धार्थ सेकेन्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले हरेक विद्यालयमा स्काउट सञ्चालन गर्न आवश्यक रहेको र यसले विद्यार्थीहरुलाई सधैँ तयार रहन प्रेरित गर्ने बताउनु भयो । कार्यक्रमका मुख्य प्रशिक्षक नवल प्रसाद उपाध्यायले सहभागीहरुलाई प्रभावकारी ढंगले स्काउट कक्षा सञ्चालन , डोरी कार्य, अनलाइन रजिस्ट्रेस्न लगायत विषयमा प्रशिक्षित गरिएको बताउनु भयो । उहाँले यस्तो कार्यक्रमले स्काउट मास्टरहरुमा एकरुपता ल्याउने र विद्यार्थीहरुको सिकाइमा समेत सकरात्मक परिवर्तन ल्याउने बताउनु भयो । कार्यक्रममा सहभागीको तर्फबाट मनिता पौडेल न्यौपानेले कार्यशालाले शिक्षकहरुलाई नियमित कक्षा सञ्चालन आइपर्ने समस्या सामाधानमा सहयोग पुग्ने बताउदै यसले आपूmमा नयाँ उर्जा थपेको र यसलाई समय समय र अलि लामो समयको गर्न सुझाव दिनुभयो ।

कार्यक्रम सुन्दरहरैँचा स्थानीय प्रमुख आयुत्त मनोज कार्कीले सञ्चालन गर्नुभएको थियो भने बेलबारी प्रमुख आयुक्त बादल देवानले अध्यक्षता गर्नु भएको थियो । देवानले स्काउट विद्यार्थी र शिक्षक सगैँ स्काउटिङ विकासमा विभिन्न गतिविधि सञ्चालन गरिदै आएको र आगामी फाल्गुणमा कम्बाइन क्याम्पको तेस्रो संस्करण आयोजना गर्न लागिएको कार्यक्रमा जानकारी दिदै उत्त कार्यक्रम प्रदेश भरीबाट २५०० स्काउट विद्यार्थी सहभागी गराउने बताउनु भयो ।

कार्यक्रममा खाना तथा हलको व्यवस्थापनमा सिद्धार्थ सेकेन्डरी विद्यालयले सहयोग गरेको थियो ।

0 comments :

Post a Comment

 
Top